संखुवासभा, १५ पुस । खाँदबारीको पिप्लेमा रहेको आर्दश निमाविबाट २४ बर्ष अघि विद्यार्थी राजनीतिमा प्रबेश गरेका दीपनकुमार श्रेष्ठ नेपाली कांग्रेसका जिल्ला सभापति बनेका छन् ।

नेविसंघको राजनीतिमा प्रबेश गरेका श्रेष्ठको २०४७ सालबाट कांग्रेसका कृयाशिल सदस्य हुन् । उनी २०५१ मा नेविसंघ संखुवासभाको सभापति, २०५४ देखि ६० सम्म २ पटक कांग्रेसका क्षेत्रीय प्रतिनीधि, २०५७ मा कांग्रेस जिल्ला कार्य समितिका आमन्त्रीत सदस्य, २०५७ मा नेवि संघको केन्द्रिय सदस्य, २०५९ मा महाधिबेसन प्रतिनीधि, २०६२ देखि ०७२ सम्म तीन पटक जिल्ला सहसचिव, ०६३ बाट ०६७ सम्म जिल्ला सचिब र केन्द्रिय बिद्यार्थी बिभाग सदस्य भएका थिए ।

नगर निर्वाचन बहिस्कारका क्रममा पटकपटक पक्राउ परेका श्रेष्ठ ०६२ माघ १३ देखि ९० दिने पक्राउ पुर्जी सहित थुनामा परेका थिए । ०६२÷६३ को प्रतिगमन बिरोधी आन्दोलनमा जिल्लाका नेताहरु लाखापाखा लागेका बेला श्रेष्ठले संखुवासभामा कांग्रेसका तर्फबाट आन्दोलनको नेतृत्व गरेका थिए । २०३५ माघ १८ मा जन्मिएका श्रेष्ठले २०६२ सालमा त्रिभुवन विश्व विद्यालयबाट ग्रामिण विकास बिषयमा एम ए गरेका छन् ।

गत माघ २५ मा सम्पन्न भएको निर्वाचन प्रक्रियामा श्रेष्ठ र अर्का उमेद्वार पासाङ शेर्पाको बराबरी मत आएपछि सभापति चयन हुन सकेको थिएन । केन्द्रीय निर्वाचन समितिको २०७३ मंसीर २२ को निर्णय अनुुसार गोलाप्रथाबाट सभापति चयन गरिएको हो । श्रेष्ठले सबैको मनोभावनाअनुसार अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । समितिका सदस्यद्वय अधिवक्ता गोपालकृष्ण घिमिरे र अधिवक्ता खम्मबहादुर खातिको रोहबरमा गोलाप्रथाबाट सभापति चयन गरिएको हो ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार