प्रकाश पाक्साँवा तेह्रथुम २७ कार्तिक

पुर्बी लिम्बुवानमा बसोबास गर्ने साँवा लिम्बुहरुको आज भएको भेला भिन्दा भिन्दै मत आए पछि बिना निष्र्कष टुङगिएको छ । तेह्रथुमको छथर सुक्रबारेमा आज भएको साँवा लिम्बुहरुको भेलाले तुम्साँवा र पाक्साँवाहरुको बन्न लागेको बंशानवली निमार्णमा एक बनाउने कि भिन्दा भिन्दै भन्ने बिषयमा सहभागीहरुले अधिकांशहरुले फरक फरक बनाउने र अधिकंशहरले एक बनाउने मत आए पछि भेला बिना निष्कर्ष टुङगिएको हो । आज भएका साँवा बंश उत्थान केन्द्रिय समितीले आयोजना गरेको अन्तरकृया कार्यक्रममा समितीका केन्द्रिय अध्यक्ष दिल पाक्साँवाले प्रस्ताब पेश गर्नु भएको प्रस्ताबमा दुई थरीका मत आए सँगै भेला बिना निष्कर्ष टुङगएको हो । बंशवली निमार्णका लागी भएको कार्यक्रममा सहभागीहरुले ऐतिहाँसिक रुपमा पुर्खाहरुले चलाउँदै ल्याएको रितीरिवाजलाई आजका केही युबाहरुले कुल्चनु नहुने भएकोले फरक फरक बंशावली निमार्ण गर्नु पर्ने बताउका थिए । अर्काे तर्फ भने एक हुन आफैमा राम्रो कुरा भएको र समय अनुसार परिमार्जन गर्दे बंशावली निमार्ण गर्नु पर्ने मत आएको थियो । तेह्रथुमका हमरजुङ र आङदिम गाबिसका साँवा लिम्बुहरुको सहभागीता रहेको कार्यक्रममा समितीका कुल बहादुर लिम्बुले स्वागत मन्तब्य राख्नु भएको थियो । साँवा लिम्बुहर तेह्रथुम लगायत नेपालको बिभीन्न भुभागहरुमा बसोबास गर्दै आएका छन ।


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार