प्रकाश धौलाकोटी,
तेह्रथुम, २५ पुस । राष्ट्रिय मञ्च सम्बन्द्ध संघीय लिम्बुवान मञ्च पार्टीले तेह्रथुममा जिल्ला अधिवेशनको संघारमा गाँउ अधिवेशन तथा भातृ संगठन निर्माणलाई तिव्रता दिएको छ । मञ्चले जिल्लाका छथर, आठराई र फेदाप क्षेत्रमा विभिन्न ४ वटा टोली परिचालन गरि संगठन सुदृढिकरण थालेको हो ।
संगठन सुदृढिकरणकालागि केन्द्रीय स्तरका नेता कार्यकर्ताहरु नै गाउँ गाउँमा परिचालित छन् । सोमबार मात्रै आठराईको इवास्थित प्रणामी माविमा मञ्चका केन्द्रीय महासचिव यलम्बर फोम्बोसहितका नेताहरुको उपस्थितिमा संघीय विद्यार्थी युनियनकोे प्रारम्भिक इकाई समिति गठन भएको छ ।

सपना इङनामको अध्यक्षतामा गठित ३१ सदस्यीय समितिको उपाध्यक्षमा अनिता ईङनाम, अनिता तामाङ र कमला माझी, सचिवमा विजय लक्सम, सहसचिवमा सुस्मिता कन्दङवा र कोषाध्यक्षमा निशा ईङनाम चयन भएका छन् ।
केन्द्रीय महासचिव फोम्बोसहित संघीय लिम्बुवान विद्यार्थी मञ्चका केन्द्रिय महासचिव शेशेहाङ चोङवाङ,  केन्द्रीय सदस्य शिव ईङनाम र तेजु कन्दङवाको टोली आठराई क्षेत्रमा खटिएको छ ।

छथर क्षेत्रमा पार्टीका केन्द्रिय महासचिव अशोक चेम्जोङ र उपमहासचिव भगिराज तुम्सासहितको टोली खटिएको छ भने फेदाप क्षेत्रमा केन्द्रीय उपाध्यक्ष मोहन बेघा, सचिवालय सदस्य गंगालाल सेने सहितको टोली परिचालित छ ।
टोलीले जिल्लाका २ नगरपालिका र २१ वटै गाविसमा पुगेर अधिवेशन गराउने मन्चका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य देवनारायण सम्बाहाम्फेले जानकारी दिए ।


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार