काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनमा सल्लाह दिने काम अदालतको नभएको बताउनुभएको छ ।

संविधान संशोधनको विरोधमा शुक्रबार एमालेसहित ९ विपक्षी दलद्धारा राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीशले ‘संशोधन अगाडि बढाउ’ भनेर सरकार (प्रधानमन्त्री)लाई सल्लाह दिनु गलत रहेको टिप्पणी गर्नुभयो ।

प्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘ढुक्क भएर’ संशोधन प्रस्ताव अघि बढाउन सुझाव दिएको भन्ने सूचना बाहिर आएपछि ओलीले सार्वजनिक मञ्चबाटै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

प्रधानन्यायाधीशको भुमिकामा असन्तुष्टि जनाउँदै उहाँले भन्नुभयो– ‘प्रधानन्यायाधीशले सल्लाह दिनुभयो रे– संशोधन प्रस्ताव अगाडि बढाउँदा हुन्छ । तर, यो प्रधानन्यायाधीशको कुरा होइन, सर्वोच्चको विषय होइन ।’

ओलीले सविधान आवश्यकता र औचित्यको आधारमा संशोधन हुनसक्ने भन्दै जनताको प्राप्त गरेका अधिकार उपभोग गर्ने उद्देश्यले अहिलेको संशोधन प्रस्ताव नआएको दाबी गर्नुभयो ।दैनिक नेपालमा खबर छ


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार