पौष १० आइतबार २०७३

तेह्रथुमखबर डट कम     गीत सांगेत लाइ  धेरै माया गर्ने  गीतकार तथा कवि कुमार पौडेल ‘शंकर’को गीति एल्वम ‘मायाको फूल’  इजरायलको तेलअविब मा विमोचन सम्पन्न भएको छ. साहित्यसंसार द्वारा आयोजित गीति एल्वम सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली दूतावास इजरायलका सहचारी भोजकुमार भट्टराई अतिथिहरू नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रीय अध्यक्ष रामशरण बानियाँ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलका तर्फबाट साहित्यकार समा श्री,विश्व नेपाली साहित्य महासंघ तर्फबाट साहित्यकार बसु श्रेष्ठ, पर्वत सेवा समाजका अध्यक्ष अनिरुद्र सुवेदी, रेडियो स्वतन्त्रका प्रस्तोता गणेश गौतम सागर, विन्ध्यावासिनी सङ्गित अवार्डमा उत्कृष्ट महिला गीतकार उपाधी विजेता रचयिता बबी गुरुङ, गीतकार नुतन भुषाल, फोटो पत्रकार विष्णु सिंखडा लगायत इजरायलस्थित विभिन्न सामाजिक संघसंस्थाहरूको उपस्थितिरहेको थियो भने साहित्यकार कृष्णपक्ष थापाले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । प्रमुख अतिथि र सभापतिले दिप प्रज्वलन गरी राष्ट्रिय गानको धूनसँगै आरम्भ गरिएको थियो । कार्यक्रममा पाहुना तथा उपस्थित साहित्य प्रेमीहरूलाई स्वागत गर्दै साहित्यकार निर्मला खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो । नेपाली दूतावास इजरालका तर्फबाट प्रमुख अतिथि, इजरायलस्थित सामाजिक संघसंस्थाका प्रतिनिधि तथा कवि, साहित्यकारहरूका बीचमा विमोचन गरिएको सो सांगितिक एल्वममा कुल पाँचवटा गीतहरू समावेश छन । शीर्ष गीत ‘मायाको फूल’का साथै ‘धेरै भयो घर छोडेको’, ‘मन्दिरमा हेला हुन्छ’, ‘ओइलिएको फूल’ र ‘तिम्रोमेरो सम्बन्धको बाटो सबै टुटेपछि’ बोलका गीतहरू एल्वमका संगीतकार सिडि विजय अधिकारीले गाउनुभएको छ भने ‘डाडा काटी गयौ प्यारा’ बोलको गीत मनिषा राईले गाउनुभएको छ । विमोचनमा गायक संगीतकार सिडि विजय अधिकारीले भिडियो सन्देशमार्फत आफ्नो भावना राख्नुभएको थियो, त्यसैगरी अनेसास इजरायलका संस्थापक अध्यक्ष सुनील संगमले टेलिफोनमार्फत शुभकामना दिनुभएको थियो । कवि समा श्रीले गीति एल्वम ‘मायाको फूल’का बारेमा मीठो समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो । यसै क्रममा गीतकार श्रष्टा कुमार पौडेलले सांगितिक गीति एल्वम प्रकाशनमा ल्याउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सम्पूर्णलाई सम्झदै एल्वममा मूलत आफ्ना भावना र भोगाईहरू नै गीतका रुपमा अभिव्यक्त भएको बताउनुभयो । विमोचन कार्यक्रममा भर्खरै बजारमा आफ्नो नयाँ साङि्गतिक कोसेली ‘स्वर्ग’ लिएर आएका गायक भरत थापा ‘असफल’ले सुमधुर स्वरमा गीत पनि प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली दूतावास इजरायलका तर्फबाट भोजकुमार भट्टराईले गीतकार पौडेलका शव्दहरू अति नै मार्मिक भएको र प्रत्येक शव्दले हृदयको गहिराइसम्म छुन सफल रहेको भन्दै गीतकार पौडेलको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभयो । अन्त्यमा कार्यक्रम विसर्जन गर्दै कार्यक्रमका सभापति साहित्यकार कृष्णपक्ष थापाले गीतकार पौडेलका हृदयस्पर्शी शव्दहरूमा सिंगो प्रवास प्रतिविम्बित भएको भन्दै हरेक परदेशीले गीतभित्र आफूलाई महसुस गर्ने बताउनु भयो । कार्यक्रम गीतकार सुमन कार्कीले सन्चालन गर्नुभएको थियो ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार