कविता ..म दोस्रो दर्जा को मान्छे !

हो म ………. मान्छे .
आफ्नु श्रम र पसीना बेचन हिडेको
पाखा पखेरा बाजै राखेर
अरबमा बालुवा पेल्न हिडेको

मलाई बेच्ने सरकारी कम्पनी मा
मेरो रगत र पसीना मा पोतिएको
दिरामको सटहि मात्र चल्छ
तर मत पत्रमा मेरो औढा चल्दैन रे !!

खाडी बाट सगरमाथा तिर ऊक्लिन्छु
लगभग दुईबर्ष मा यो दिन आऊछ
चिनेका हरुलाई देखदा म गदगद हुन्छु
तर ऊनी हरु मुन्टो बटार्छन मलाई नदेख्न !

उनी हरुका हेराई फेरीएछन आजकाल
आफन्त त युरोप अमेरीका बाट आउछन रे
गोरु बेच्ने काका को छोरो आफ्नो हुन्छ रे
किनकि अरब हैन युसए बाट आऊदै छ रे !!

पाखा र छहरा हरु पनी अन्जान बन् खोज्छन
लाग्दो हो मैले मरुभुमी डग्गुर नै बोकेर आकोछु
हो मेरो देश मा सुन फल्छ थाहा छ मलाई तर
छोरो को पेटकालागी नुन लिन अरब आएको छु !!

युवा लाई रेमिट्यानस मात्र ठान्ने मेरो सरकार ले
जिन्दगीको बिमा हैन राहदानी को मिति थप्दै छ
अठार कटेसि देशमा हैन अरब धाऊ भन्दै छ
त्यसैले म त दोस्रो दर्जा को मान्छे !!

जगत लुइँटेल पाचथर जिल्ला सुभाङ्ग गा बि स वडा न. ९ भालुखोप


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार