तेह्रथुम खबर .कम

prachanda-welcoming-mukharjee

भारत नेपाल सम्बन्ध जति विशेष छ त्यति नै क्लिष्ट पनि छ । सबैभन्दा बढी निर्भरता भएको र निकट छिमेकी भएपनि भारतप्रति नेपालीका आँखा सँधै शंकाले भरिएका हुन्छन् । नेपालबाट भिभिआइपीहरु भारत गैरहन्छन् । तर भारतबाट भनि उतिसारो नेपाल भ्रमण हुँदैन ।

मुखर्जी भ्रमणः हल्ला फैलिएपछि नेपाल प्रहरीले मुख खोल्यो

२ वर्ष अघि १७ वर्षको रेकर्ड तोड्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएर नेपाल नै मोदीमय बनाए । त्यसको १ वर्ष पनि नवित्दै उनी अर्को पटक नेपाल आएर उनले अपार मायाँ देखाए । तर त्यो मायाँ धेरै समय टिकेन अर्को वर्ष उनले नेपालमाथि अघोषित नाकाबन्दी गरेर सुधारिएको भनिएको सम्बन्धलाई धुलीसात पारे ।

pranav-mukharjee-at-sital-niwas

त्यसकै प्रभाव होला १९ वर्षमा भारतीय राष्ट्रपतिले नेपाल टेक्दा पनि जनस्तरबाट न्यानो स्वागत पाएका छैनन् । बरु उनको नाममा दिएको विदाको चर्को विरोधपछि सामाजिक सञ्जालमा उनलाई स्वागत छैन भन्दै ट्रेण्डिङ चलाइएको छ ।

गत वर्ष भूकम्पको पीडा नभुल्दै भारतले लगाएको नाकाबन्दीका कारण दशैं तिहार समेत राम्रोसँग मनाउन नपाएका नेपालीहरुले भारतीय राष्ट्रपतिलाई यस पटकको तिहारकै अर्को दिन स्वागत गर्न अस्वीकार गर्नु अस्भावाविक होइन ।

सत्य वा गलत जे भएपनि भारतले नेपालमा माइक्रो म्यानेजमेन्ट गर्छ भन्ने तथ्य नेपालमा स्थापित भैसकेको छ । त्यसैकारण पनि होला जव नेपाल र भारतबीच भिभिआइपीबीच हुने समयमा त्यहाँका हरेक दृष्यमा अर्थ खोजpranav-mukharjee-welcome-in-nepal-2

संक्रमणणकालीन लघुताभाषपूर्ण मानसिकताका कारण भिभीआइपीहरुको सामान्य एंगललाई पनि नेपालमा राष्ट्रियता र झुक्ने नझुक्ने मुद्धा बनाएर हेर्ने गरिन्छ । अति राष्ट्रवाद हावी भएको नेपालमा नेताहरु सामान्य कुरामा पनि सचेत हुन सकेनन् भने अति आलोचनामा पर्ने गरेका छन् ।

prachanda-welcoming-mukharjee

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीकोरुपमा गत वर्ष फागुनमा भारत गएका थिए । भारतमा ओलीको स्टाइलको विषयमा निक्कै चर्चा भएको थियो । ओलीसँग नझुकेको बरु मोदी नै ओलीसँग झुकेको भन्दै कतिपय तस्विर भाइरल बनेका थिए । ओली मोदीसँग नझुकेको बरु मोदी ओलीसँग झुकेको भन्दै कतिपयले मोदीको जोक पनि बनाएका थिए । ओली मोदीको अगाडी नझुकेको भन्दै सामाजिक सञ्जालमा तस्विर भाइरल बनेको थियो । मोदीले नमस्ते गर्दा ओलीले नफर्काएको भन्दै तस्विर समेत भाइरल बनेको थियो । प्रधानमन्त्रीको सपथ लिने समयमा भारतीय राजदुतको अगाडी केही झुकेको एंगलको तस्विर सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्ड अनावश्यक टिप्पणीको शिकार भएका थिए ।

prachanda-welcoming-mukharjee-4

भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणमा पनि को को झुके भन्ने प्रश्नको जवाफ खोजिने छ । किन भने नेपालमा यस्ता सामान्य तस्विरका एंगलले समेत ठूलो माने राख्ने गरेका छन् ।

मुखर्जी नेपाल आउँदा सबैभन्दा पहिले उनी नै झुकेको एक दृष्यमा देखिन्छ । यद्यपी यो भारतीय मिडियामा भने मसला बन्ने सम्भावना छैन ।

mukharjee-bending-down-vidya-bhandari

नेपालका भिभिआइपी भने अधिकाँश तस्विरमा हँसिलो देखिएका छन् । त्यस्तो आलोचना नै हुने गरी झुकेको भन्न मिल्ने तस्विरका एंगल अहिले सम्म मिडियामा सार्वजनिक भएको देखिँदैन ।


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार