नेपाली कांग्रेस र माओवादी केन्द्रले सत्ताबाट हटाएर प्रतिपक्षमा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वर्तमान सरकारका मन्त्रीले निवासमै पुगेर भेट्नुपर्ने विशेष कारण के थियो ? गगन थापालाई भेट्नका लागि ओलीले बोलाएका थिए वा गगनले नै भेट्न चाहेकाले बालकोट पुगेका थिए, धेरैको चासोको विषय बनेको छ यतिबेला ।
Gagan-Thapa-11
हुन पनि ओली र थापाबीच भएको भेटको खुलासा उनै थापाले एउटा पत्रकार भेटघाटमा गरेका हुन् । नेपाली कांग्रेसका नेता कृष्ण सिटौला प्यानलले गत शुक्रबार काठमाडौं तीनकुनेमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले ओलीसँग भेटेको प्रसङ्ग उप्काएका हुन् ।

थापाले पूर्वप्रधानमन्त्री केपी ओलीसँगको भेटपछि मुलुक दुर्घटनामा पर्न लागेको र अहिलेको सरकारले निर्वाचन गर्न नसक्ने निष्कर्षमा आफू पुगेको बताएका थिए ।

 


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार