पाँचथरको नवमीडाँडामा एउटा गाइले पुच्छर नभएको अनौठो बाच्छाको जन्म दिएको छ।
नवमीडाँडा ५ का मणी चापागाईंको घरमा पालिएको गाइले बुधवार पुच्छर नभएको बाच्छी जन्माएको हो।  उक्त बाच्छीको शरीरका अन्य अङ्ग सबै ठिकै भएको तर पुच्छरको भने कुनै नमुना समेत नभएको प्रत्यक्षदर्शी स्थानिय राजेन्द्र चापागाईंले बताउँनुभयो।
पुच्छर नभएको बाच्छी स्वस्थ रहेको र खानपान समेत गर्ने गरेको बताइएको छ। अनौठो बाच्छालाइ हेर्नको लागि स्थानियको भिड लाग्ने गरेको दिपक दुलालले जानकारी दिनुभयो।

 


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार