कुवेत- कुवेतमा सन् २०१६ मा २५ नेपालीले ज्यान गुमाएका छन् | जसमा १८ जना पुरुष र ७ जना महिला रहेका छन् । नेपाली दुताबास कुवेतका अनुसार एक बर्षमा मस्तिष्क पक्षघात, हृदयघात, प्राकृतिक मृत्‍यु वा बिभिन्न रोगका कारण ९ जना, सडक दुर्घटनामा ५ जना र आत्महत्यामा ४ जना गरी १८ जना पुरुष कामदारहरुले ज्यान गुमाएका छन् | यसैगरी मस्तिष्क पक्षघात, हृदयघात वा बिभिन्न रोगका कारण ३ जना, सडक दुर्घटनामा १ जना, आत्महत्यामा २ जना तथा सुत्केरी हुने समयमा (गर्भिणी) १ जना गरी ७ जना महिला कामदारहरुले ज्यान गुमाएका छन । ६० हजार भन्दा बढी कामदार रहेको कुवेतमा नेपाली दुतावासको तथ्यांक अनुसार बिगत २०१० देखि २०१४ सम्ममा मात्रै २२७ जनाको विभिन्न कारणले निधन भएको थियो भने २०१५ मा ४५ जनाले ज्यान गुमाएका थिए | गत वर्ष २०१५ को तुलनामा मृत्यु हुनेको संख्या यो बर्ष घटेको दुताबासले जनाएको छ | मृत्यु हुनेको संख्या २०१६ मा घटेर २५ जनामा झरेको छ ।


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार