कुवेत, जनवरी १- कुवेतमा एक नेपालीको छुरा हानी हत्या भएको छ | कुवेतको अल यास्रा फूड सप्लायर्स कम्पनीमा  कार्यरत राजेश ग्याबाले सोही कम्पनीमा कार्यरत मोरंग जिल्ला निवासी अन्दाजी २६ बर्षीय जीवन प्रसाद भट्टराईको हत्या गरेका हुन् |

रसुवा जिल्ला घर भइ ८ महिना पहिले ड्राइभरको रुपमा कुवेत आएका अन्दाजी ३२ बर्षीय राजेश ग्याबाले धारिलो हतियार (छुरा) प्रहार गरि आज बिहान करिब ७ बजे हत्या गरेका अल यास्रा फूड सप्लायर्स कम्पनीमा कार्यरत नेपालीहरुले बताएका छन् |

हत्यारा राजेश ग्याबा र मृतक जीवन प्रसाद भट्टराई कुवेतको सुभान स्थित कम्पनीको क्याम्पमा एकै रूममा बसेका थिए | मृतकको शवलाइ पोर्ष्टमार्टमको लागि पुलिसले लगेको छ भने संगै कोठामा बस्ने लालबहादुर बोहोरा र रामबाबु दमाइलाइ पुलिसले नियन्त्रणमा लिएर सोधपुछ पछि छोडेको जानकारी प्राप्त भएको छ |

हत्यारा राजेश मानसिक रोगबाट पिडित भएको बताइए पनि हत्याको कारण भने खुल्न सकेको छैन | नेपाल फर्कन पटक-पटक कम्पनि संग अनुरोध गरेपनि कम्पनिले पासपोर्ट नदिएपछि उनि घर फर्कन नसकेको बताइएको छ | उनि भिसा क्यान्सिल गरि गत डिसेम्बर २२ तारिखबाट काम छोडेर कोठामा बसिरहेका थिए | घटना बारे नेपाली दुताबासमा कुनै जानकारी प्राप्त नभएको दुताबासले जनाएको छ |

 


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार