उत्तर कोरियाली तानाशाह किम जोङ उनले सन् २०११ मा सत्तामा आएपछि अहिलेसम्म ३४० जनालाई मृत्युदण्ड दिइसकेको एक रिर्पोटले जनाएको छ ।दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा रणनिति सम्बन्धि एक संस्थाले सार्वजनिक गरेको उक्त रिर्पोटले किमले कसरी आफ्ना विरोधीलाई मृत्युदण्ड दिएर आफ्नो शक्ति अझै बलियो बनाँउछन् भन्ने बारेमा विस्तृत विवरण पेश गरेको छ ।

किमले मृत्युदण्ड दिएका मध्ये १४० जना उच्च तहका सरकारी कर्मचारी, सैनिक अधिकारी र कोरियन वर्कस पार्टिका नेताहरु थिए ।उनले कोरियाको नेताको रुपमा कार्यभार सम्हालेको ५ वर्षमा रक्षा मन्त्री नै पाँच चोटी परिवर्तन गरेका छन् । जबकी उनको पिताले सत्र वर्षमा जम्मा ३ चोटी मात्रै रक्षामन्त्री परिवर्तन गरेका थिए किनभने दुईजना रक्षामन्त्रीको बुढ्यौलीको कारणले मृत्यु भएको थियो ।

उत्तर कोरियाको तानाशाही सरकारको कमै मात्रै समाचारहरु बाहिर आउने भएपनि किम जोङ उनले मृत्युदण्ड दिएको समाचारहरु भने बाहिर आँउछन् ।यसै वर्षको जुनमा उत्तर कोरियाको उच्च शिक्षा अधिकारी किम योङ जिनलाई खराब आचरण देखाएको आरोपमा फायरिङ स्क्वाडको प्रयोग गरेर सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको थियो ।सन् २०१५ को मे मा किमले उनको सरकारको रक्षा मन्त्री ह्योन योङ चोललाई प्योङयाङको सैनिक विद्यालय अगाडी सबैको साम्ुन्ने एन्टी एअरक्राफ्ट मिसाइलको प्रयोग गरेर हत्या गरिएको थियो ।किमले रक्षामन्त्रीको हत्या गर्ने बेलामा उनको परिवारको सबै सदस्यलाई उपस्थित हुन उर्दी जारी गरेका थिए ।सन् २०१३ मा उनले आफ्नै फुपाजुलाई पनि सत्ता हत्याउन खोजेको आरोपमा ‘इतिहासकै गद्दार’ घोषणा गरेर मृत्युदण्ड दिएका थिए ।

 


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार