पर्सा प्रहरीले पाँच किलो चादी सहित एकजना युवकलाई पक्राउ


दिपक चौरसिया बिरगंज २४  पुष ।
पर्सा प्रहरीले पाँच किलो चादी सहित एकजना युवकलाई पक्राउ गरी शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले पाच किलो चादीको सिन्दुर राख्ने डब्बा सहित वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ३ छपकैयाका २७ बर्षिय प्रदीप साह सोनारलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा प्रहरीले प्रदीपलाई वीरगन्जको रजतजयन्ती चोकमा पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक गोबिन्द कुमार साहले बताउनु भयो । पक्राउ परेको सोनारले ना ३३ प ३३६२ नम्बरको डिस्कभर मोटरसाईकलको सिटमुनी १ सय ५३ थान चादीबाट बनेको सिन्दुरको डिब्बा लुकाई छिपाई ल्याई रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरिक्षक साहले बताउनु भयो । सुन चादी तस्करलाई नियन्त्रण गर्ने लामो प्रयास पछि ५ किलो ६ सय १५ ग्राम चादीबाट बनेको गहना बरामद गर्न सफल भएको प्रहरी उपरिक्षक साहले बताउनु भयो ।

सोनार संग बरामद गरिएको चादीको सिन्दुर राख्ने डब्बाको खरीद विल वा आधिकारी कागजपत्र नभएकोले आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पथलैया पठाउने प्रहरी उपरिक्षक साहले बताउनु भयो । चादीको बजार भाव प्रति केजी ६८ हजार ६ सय रहेपनि पक्राउ गरिएको सिन्दुर डब्बामा बढी सिमावट रहेको हुनाले शुद्ध चादीको मुल्य भन्दा ६० प्रतिशत कम हुने गरेको सुनचादी व्यवसायीले बताएका छन । यसैगरी पर्सा जिल्लाको कार्यभार सम्भालेका प्रहरी उपरिक्षक साहले एक महिनाको अवधिमा १ करोड भन्दा बढीको राजश्व छलि भित्रियाईएको मालसमान पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

प्रहरी उपरिक्षक साहले एक महिनाको अवधिमा ४१ लाख मुल्य बराबरको अवैध दाल, ७ लाख ५० हजारको विभिन्न खाद्यन्न समान, ३० लाख ५० हजार मुल्यांकन राखिएको ७ वटा भारतीय नम्बरको ट्याक्टर,  ४० लाख मुल्य बराबरको सुटिङ्ग कपडा लगायत गरी १ करोड भन्दा बढीको अवैध समान पक्राउ गरी राजश्व अनुसन्धान विभाग पथलैयामा दाखिला गरेको जानकारी गराए ।

 


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार