टिआर सुब्बा ÷ पुष २२ तेह्रथुम । म्याङलुङ नगरपालीकाको चौथो नगरपरिषद आर्थिक बर्ष ७४÷७५को बार्षिक निति कार्यक्रम तथा बजेट सार्बजनिकरण गर्दै हिजो सम्पन्न भएको छ।नगरपालीकाको हलमा आयोजित कार्यक्रममा पर्यटन प्रबद्र्धनका लागी भ्यूटावर निर्माण, बालमैत्रि नगरघोषणा, बर्थिङ सेन्टर निर्माण, जेष्ठ नागरिक बिश्राम स्थलनिर्माण र सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । सार्बजनिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख एबं कार्यकारी अधिकृत गणेश नेपालीले ठुला पुर्बाधार बिकास कार्यक्रम अन्तरगर्त २ वटा सडक, नगरक्षेत्र पुर्बाधार बिकास कार्यक्रम अन्तरगर्त ६ वटा सडक, सडक बोर्ड तर्फ ९ वटा सडक , भौतिक पुर्बाधार बिकास कार्यक्रम अन्तरगर्त १४ वटा सडक छनौट गरिएको सार्बजनीक गरेका छन् । यस्तै प्रर्बद्धनात्मक तर्फ २४ वटा योजना, महिला लक्षित योजना तथा कार्यक्रम अन्र्तगत १३ वटा, बिपन्न बालबालिका लक्षित कार्यक्रम अन्र्तगत १४ वटा र आर्थिक तथा सामाजीक रुपमा पिछडीएको बर्ग लक्षित कार्यक्रम अन्र्तगत २१ वटा योजना छनौट भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी मुनका न्यौेपानेले आठराईको सक्रान्तिमा भएको आगलागी पिडितहरुका लागी समेत जिल्लाका दुबै नगरपालीकाले आर्थिक सहयोग गर्न निर्देशन दिनु भयो ।उहाले छिमेकी जिल्लाहरुका नगरपालीकाहरु संग समेत समन्वय गरेर अग्नी पिडितहरुका लागी आर्थिक संकलनमा सहयोग गर्न सुझाब दिनु भएको छ ।


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार