जुनसुकै देशको शिक्षा नीति त्यस देशको राजनीतिको

मातहतमा रहने गर्दछ ।
कुनै पनि देशमा राजनीतिक परिवर्तन
भएपछि शिक्षा नीतिमा परिवर्तन गरिन्छ ।
वर्तमान बुर्जुवा व्यवस्थामा सम्पन्न वर्गको
राजनीति गर्ने हुनाले शिक्षा नीति पनि जनताका दैनिक
समस्या समाधान गर्न योगदान दिने भन्दा
पनि सम्पन्न वर्गको अभिनय गरेर अथवा उनीहरुको
कारिन्दा बनेर काम गर्नमा सहयोग पुर् याउने
शिक्षा नीति तय गरिएको हुन्छ ।
त्यसैकारणले भनाई र गराईबीच एक रुपता हुन सक्दैन
। स्कूल कलेजको औपचारिक शिक्षा पूरा गरेपछि
पनि बेरोजगारीको समस्यामा पर्ने गर्छ । समाजमा आवश्यकता
भएको योग्यता औपचारिक शिक्षाबाट पूरा हुन सक्दैन ।
औपचारिक शिक्षाबाट प्राप्त भएको योग्यताले
दैनिक समस्या समाधान गर्ने क्षमता विकास
भएको हुन्न । सामन्ती व्यवस्थामा सामन्त उत्पादन
गर्ने योग्यता भएको शिक्षा प्रणाली हुन्छ ।
बुर्जुवा व्यवस्थामा बुर्जुवा योग्यता भएको
जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली हुन्छ र
जनवादी व्यवस्थामा र समाजवादी व्यवस्थामा
जनताका दैनिक समस्या समाधान गर्ने योग्यता
भएको जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली लागु गरिन्छ ।
माक्स्रवादले ज्ञानका स्रोत निम्न ३ किसिमको
हुन्छ भन्ने मान्यता राख्दछ ।
१ वर्गसंघर्षको सिलसिलामा प्राप्त हुने ज्ञान ।
२ उत्पादन संघर्षका सिलसिलामा प्राप्त हुने ज्ञान
र ३ वैज्ञानिक प्रयोगका सिलसिलामा प्राप्त हुने ज्ञान ।
यिनीहरु मध्ये सबैभन्दा महत्वपूर्ण ज्ञान वर्गसंघर्षको
सिलसिलामा प्राप्त हुन्छ ।
यो सबै भन्दा महत्वपूर्ण हुने भएको हुनाले
सबैभन्दा कठिन पनि हुन्छ ।
महत्वका हिसाबले त्यसपछि उत्पादन संघर्षका
सिलसिलामा प्राप्त हुने ज्ञान पर्दछ ।
वैज्ञानिक प्रयोग उपरोक्त दुवै क्षेत्रका वैज्ञानिक
प्रयोग पर्दछन् । माक्स्र एंगेल्स लेनिन
स्टालिन र माओ-त्सेतुङलाई वर्गसंघर्ष
सम्बन्धी ज्ञानका विशेषज्ञ मानिन्छन् ।
उनीहरुले गरेको अनुसन्धान र प्रयोगलाई केन्द्रमा
राखेर थप नयाँ प्रयोग गर्ने प्रयत्न गरिन्छ ।
साथै अनुसन्धान गर्ने प्रयत्न गरिन्छ ।
उत्पादन संघर्षका सिलसिलामा हजारौं वैज्ञानिक
र प्रयोगकर्ता विषयगत रुपमा संसारभरका
प्रयोगशालाहरुमा काम
गरेका अनुसन्धान गरेका र प्रयोग गरेकाहरु छन् ।
त्यसैले कुन विषयमा कहाँ प्रयोग गर्ने हो ।
त्यसै अनुसार वैज्ञानिक प्रयोग गरिन्छ ।
त्यही सिलसिलामा ज्ञान प्राप्त हुन्छ ।
शिक्षासम्बन्धी माक्स्रवादी दृष्टिकोणका
कुरा गर्दा शिक्षा श्रम र उत्पादनसँग जोडिएको
हुनुपर्दछ । शिक्षा िदंदा श्रमसँग सम्बन्धित हुनुपर्दछ ।
त्यसो भन्दा कुनै विषय घोकेर कण्ठपार्दा
समेत श्रम त गर्नैपर्छ भन्ने बुझाई हुन सक्दछ ।
त्यो पनि श्रम त हो तर त्यो उत्पादनसँग
नजोडिएको हुनाले ज्ञान र व्यवहारमा एकरुपता हुन
सक्दैन । व्यवहारमा लागु गर्ने क्षमताको विकास
विद्यार्थीमा भएको हुन्न ।
त्यही ज्ञानलाई व्यवहारमा लागु गर्न छुट्टै विशेष श्रम गर्नुपर्ने
आवश्यकता पर्ने हुनाले त्यो
माक्स्रवादी सिद्धान्तसँग मेल खान्न ।
उत्पादनसँग जोडिएको ज्ञानले मात्र सिद्धान्त र
व्यवहारलाई एकशुत्रमा आबद्ध गर्न सक्दछ ।
त्यसैले जनताको दैनिक समस्या समाधान
गर्नको लागि उत्पादन गर्नुपर्ने र शिक्षा नीति पनि
उत्पादनमुलक हुने हुँदा बेरोजगारीको समस्या पर्दैन ।
अर्कोतिर समाजमा अरुलाई काम गराएर
आफूले सुविधा लिने र आफूले गरेको कामबाट
भएको उत्पादनको हिस्साबाट अरुले सुविधा
लिने गरिएको हुन्छ ।
उत्पादनका थोरै हिस्साबाट आफ्नो
आवश्यकता पूरा गर्नुपर्ने व्यवस्था कायम हुन्छ ।
कसैले बढी समयसम्म उच्च योग्यताको
प्रयोग गरेर पनि सुविधाबाट बिाचत हुनुपर्ने हुन्छ ।
त्यही समाजमा कसैले थोरै समय र
कम योग्यताको प्रयोग गरेको भए पनि वा काम
नगरिकन पनि उच्च सुविधा लिएर बस्ने
शोषकहरुको बोलावाला हुन्छ ।
तिनीहरुको विरुद्ध संघर्ष गर्न समेत सचेत र
संगठित गराउने सामग्रीहरु समावेश गरिएको हुन्छ ।
विरोधी वर्गको पहिचान र तिनीहरुको विरुद्ध
संघर्ष गर्ने तरिका समेत शिक्षाको अभिन्न
अंगका रुपमा समावेश गरिन्छ ।
उत्पादन बढाउनै पर्ने मुख्य पक्ष भएपनि
वितरणमा समेत समानता ल्याउन आवश्यक हुन्छ ।
त्यसैलाई व्यवस्थित बनाउन वर्गसंघर्ष संचालन गर्नुपर्छ ।
वर्गसंघर्ष महत्वपूर्ण पेशा भएपनि
त्यसबाट दैनिक आवश्यकता पूरा गर्न
अनुशासित सांगठनिक संरचना आवश्यक हुने
भएको हुनाले त्यो सर्त पूरा नहुँदासम्म
उत्पादन संघर्ष गर्न सक्षम हुनुपर्दछ ।
वर्गसंघर्षको सहयोगीका रुपमा उत्पादन
संघर्षमा दक्षता हासिल गर्न आवश्यक हुन्छ ।
अर्कोतिर सर्वसाधारण जनता उत्पादन संघर्षमा
लागेका हुन्छन् ।
उनीहरुलाई शोषित वर्गको हैसियतले सचेत र संगठित पार्न पनि
उनीहरुको पेशा उत्पादन संघर्षमा आफ्नो दक्षता
प्रदर्शन गर्नको लागि अथवा उनीहरुलाई
अगुवाई गर्नको लागि समेत उत्पादन संघर्षमा
सिपालु हुन आवश्यक हुन्छ ।
त्यसबाट आकर्षित गरेर जनतालाई संगठित
गर्दै सचेत पार्नुपर्ने खाँचो पूर्ति गर्न
वर्गसंघर्षको पेशेवर विद्यार्थी समेत उत्पादन
संघर्षमा लाग्नुपर्ने आवश्यकता हुन्छ ।
यी दुवै काम एउटाको परिपूरक
अर्कोका रुपमा स्वीकार गर्दै अगाडि बढ्नु पर्दछ ।
वर्तमान बुर्जुवा समाजमा पनि
प्राविधिक शिक्षण संस्थाहरु हुन्छ ।
इन्जिनियरड्ड मेडिसिन कृषि आदि विभिन्न
किसिमका उत्पादनसँग सम्बन्धित प्राविधिक
संस्थाहरु हुन्छन् र प्राविधिक ज्ञान दिइने गरिन्छ ।
ती सबै संस्थाहरु बुर्जुवा उद्देश्य पूर्तिका लागि शिक्षित
प्राविधिक जनशक्ति उत्पादन गर्नको लागि
संचालन गरिएका हुन्छ । जस्तै एम।वि।वि।एस।
डाक्टर उत्पादन गर्न मेडिकल कलेज स्थापना
गरिन्छ र दक्ष जनशक्ति उत्पादन पनि
गरिएको हुन्छ तर त्यो प्राविधिक ज्ञान पूंजीपति
वर्गको हितसँग जोडेर पूरा गरिन्छ ।
किनभने उत्पादन कार्यमा लागेका सर्वसाधारण
जनता बिरामी भएर रोग निको पार्न डाक्टर कहाँ आए
भने उनीहरुको कमजोर स्वास्थ्यमा सुधार गर्न
आवश्यक औषधी सेवन गर्ने सिलसिलामा औषधी त
औषधीनै भयो । जुन अपार जडिबुटीको बीचमा
बसेका जनतालाई जडिबुटीबाट होइन ।
औद्योगिक उत्पादनबाट आएका सिफारिस त
गर्दछन् नै त्यसको अतिरिक्त आफ्ना
पौष्टिक खाद्य उत्पादन बेचेर महंगा
औद्योगिक भिटामिनहरु समेत सिफारिस
गरिदिने हुनाले उनीहरुले आफ्नो उत्पादन
कैडीको मूल्यमा बेचेर त्यो भन्दा कमजोर
स्तरको औद्योगिक उत्पादन महंगो मूल्यमा किन्न
बाध्य बनाउँछन् ।
जुन सिफारिस पूंजीपतिको स्वार्थसँग जोडिएको हुन्छ ।
त्यो तथ्य न त डाक्टरलाई न त उत्पादन कार्यमा
लागेको बिरामीलाई नै पत्तो हुन्छ ।
त्यसैले जनवादी शिक्षामा यो बुर्जुवा जालो हटाउँद
ै जनवादी तरिकाको उत्पादन र उपयोगमा
जोड दिइन्छ । अहिलेको व्यवस्थाले पूंजीपतिलाई
पूंजी थप्ने र जनतालाई गरिबीको मार खप्ने
बाध्यता पार्ने शिक्षा प्रणाली लागु गर्दछ
भने जनवादी शिक्षाप्रणालीमा जनतालाई वा
परिश्रम गर्ने उत्पादक शक्तिलाई सजिलो पार्ने र
व्यक्तिगत सम्पत्ति थुपार्नको लागि प्रतिकूल
अवस्था सिर्जना गर्ने शिक्षा प्रणाली लागु गरिन्छ ।
यो नै वर्गसंघर्ष र उत्पादन संघर्षको सार तत्व हो ।
शिक्षण संस्थालाई उत्पादनसँग जोड्न अथवा शिक्षण
संस्थालाई उत्पादनको केन्द्र बनाउने गर्दा
उत्पादनमा हुने अराजकतालाई पनि हटाउन
सहयोग मिल्दछ । त्यसको अर्थ हो देशमा कति
उत्पादन आवश्यक छ कति प्राविधिक आवश्यक छन्
र कुन क्षेत्रमा के
उत्पादन गर्न आवश्यक छ समेतको हिसाब
अनुसार उत्पादन हुने भएको हुनाले
जनशक्तिको उपयोग जनताको आवश्यकताको पूर्ति
र वितरणमा सरलता आउँछ । सबैले काम
पाउँछन् उत्पादन र वितरण व्यवस्थित हुन्छ र
जीवनस्तर उच्च हुँदै अघि बढ्छ ।
असमानता पनि कम हुँदै जान्छ ।
समग्ररुपमा देशको उन्नति हुन्छ ।
शिक्षा धनी व्यक्तिको लागि मात्र नभैकन
सर्वसाधारण जनताको पहुँचसम्म पुग्छ
। विद्यार्थीको चाहना र क्षमता अनुसार
उच्चशिक्षासम्म बिना रोकतोक अध्ययन गर्न
सक्ने वातावरण सिर्जना हुन्छ ।
शिक्षाको मापदण्ड धनसम्पति नभै चाहना र
क्षमता अनुसार सर्वसुलभ हुन जान्छ ।
यही नै शिक्षामा जनवादी दृष्टिकोण वा माक्स्रवादी दृष्टिकोण हो ।
वर्तमान व्यवस्थाको शिक्षा
नीति वर्गसमन्वयको शिक्षा नीति हो ।
परस्पर विरोधी वर्गबीच समन्वयका आधारमा
ज्ञान प्राप्त गर्ने भन्ने शिक्षा नीति हो । त्यसो गर्दा सम्पन्न वर्गको
स्वार्थपूरा हुन्छ ।
तिनीहरुको स्वार्थ पूरा गर्न विपन्न वर्गका
मान्छेले बढी श्रम गर्न र कम सुविधा
लिन बाध्य पारिएका हुन्छन् ।
सम्पूर्ण राज्ययन्त्र

श्याम नेपाली “हिमाल “


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार