प्रकाश धौलाकोटी,

तेह्रथुम, २५ पुस । नेकपा एमालेले थालेको ‘संविधान कार्यान्वयनकोलागि राष्ट्र व्यापी चार महिने जनपरिचालन अभियान’ तेह्रथुमका गाउँ गाउँसम्म पुगेको छ । एमालेले केन्द्र, प्रदेश हुँदै जिल्ला, नगर तथा गाउँपालिका र वडास्तरमा संविधान कार्यान्वयनको लागि भन्दै चार महिने अभियान थालेको थियो ।

सो अभियान अन्तर्गत जिल्लामा पार्टीका केन्द्रिय सचिव  तथा प्रदेश नं. १ इन्चार्ज भीम आचार्य  र सह–इन्चार्ज तथा पोलिट व्युरो सदस्य शेरधन राईले प्रशिक्षण गर्दै थालिएको अभियान नगर÷गाउपालिका हुँदै वडास्तरसम्म सन्चालन भइरहेको एमाले जिल्ला प्रचार विभाग उपप्रमुख सन्तोष तिगेलाले जानकारी दिए ।

अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रमअन्तर्गत जिल्लाका दुई वटै नगरपालिका र ४ वटै गाउँ पालिकाहरुमा प्रशिक्षणात्मक कार्यक्रमहरु सम्पन्न भएको उनले बताए । पार्टीका जिल्लातहका नेताहरु नै पुगेर जिल्लाका सबै नगर÷गाउँपालिका तथा साविकका गाविसहरुमा कार्यकर्तासँग भेटघाट गरी संविधान कार्यान्वयन, राष्ट्रिय राजनीतिक परिस्थिति, बद्लिँदो परिस्थितिमा पार्टी सन्चालन, विकास निर्माण र जिल्लाको आर्थिक समृद्धिको बाटो लगायत विषयमा छलफल गरिएको हो ।

नगर÷गाउँपालिकाहरुको प्रशिक्षणपछि सो स्तरका नेताहरुको अगुवाईमा वडास्तरमा समेत कार्यक्रम भएका छन् । पार्टीले गत मंसिर २४ र २५ गते छथर गाउँपालिकाको शुक्रबारेमा, २७ र २८ गते लालीगुराँस नगरपालिकाको बसन्तपुरमा, २९ र ३० गते म्याङलुङ नगरपालिकामा, पुस १ र २ गते मेन्छ्यायेम गाउँपालिकाको मोराहाङमा तथा पुस ३ र ४ गते फेदाप गाउँपालिकाको औंशीडाँडामा अभियान अन्तर्गतको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको एमाले प्रचार विभागले जनाएको छ ।
सक्रान्ति बजारमा आगलागी भएका कारण आठराई गाउँपालिकाको भने कार्यक्रम स्थगित छ ।

हाल अभियान अन्तर्गत  गाउँ तथा वडास्तरीय सुरु प्रशिक्षणात्मक कार्यक्रम भइरहेको तिगेलाले जानकारी दिए । गाउँ तथा वडाको कार्यक्रमसमेत छथर क्षेत्रका सबै गाविसमा सकिएको छ । लालीगुराँस नगरपालिका, फेदाप र मेन्छ्यायेम गाउँपालिकामा भने गाउँस्तरीय कार्यक्रम सन्चालन भइरहेको छ । नगर तथा गाउँपालिका स्तरीय कार्यक्रममा जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, उपाध्यक्ष सन्जय तुम्बाहाम्फे, सचिव शिव ढुंगाना, उपसचिव भुपतिलाल श्रेष्ठ, जिल्ला सदस्य सन्तोष तिगेला, प्रदेश कमिटीका नेताहरु, युवा संघका नेताहरु लगायतको टिम पुगेको थियो ।

संविधान कार्यान्वयनको बारेमा जनतामा सही सन्देश दिँदै पार्टी सुदृढिकरण गर्न, जनसंगठनहरुलाई सक्रिय बनाउन तथा अबको स्थानीय, प्रादेशिक तथा संसदीय निर्वाचन सम्मको तयारीकालागि पार्टीले गाउँ, वडास्तर हुँदै जनताको घरदैलोमै पुग्ने अभियान चलाएको जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले बताए ।

एमाले जिल्ला प्रचार विभागका अनुसार गाउँ, वडाको अभियानपछि घरदैलो कार्यक्रम सन्चालन गरिने छ । गाउँमा वृद्धवृद्धा, एकल महिला, पार्टीका ज्येष्ठ सदस्यहरुलाई सम्मान तथा सृजनात्मक प्रतियोगिताहरु समेत सन्चालन हुनेछन् । त्यसपछि गाउँस्तरीय हुँदै क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय स्तरीय आमसभाहरु समेत आयोजना गर्ने तयारी रहेको पार्टीको जिल्ला कमिटी सदस्य समेत रहेका प्रचार विभाग उपप्रमुख तिगेलाले जानकारी दिए ।

साढे तीन दशकको विकाश गुरु योजना
जनसंगठनहरुको परिचालन भन्दै गाउँ गाउँ पुगेका एमाले नेता तथा कार्यकर्ताहरुले त्यहाँका आवश्यकता र सम्भावनाहरुको समेत खोज गरिरहेको बुझिएको छ । एमाले श्रोतका अनुसार एमालेले अभियान सकिए लगत्तै जिल्लाको विकास र समृद्धिकालागि गुरु योजना निर्माण गर्ने तयारी छ । सो योजना ३५ वर्षे लामो हुनेछ ।

जिल्लाको आर्थिक सामाजिक राजनीतिक सांस्कृतिक क्षेत्रमा समृद्धका पाटाहरु समेटिने उनले बताए । योजनाले कार्यकर्ताका भावना, आकांक्षा र यहाँका सम्भावनाहरुलाई एकै ठाउँमा समेटेर काम अघि बढाउने लक्ष्य एमालेको छ । योजनामा जिल्लाको सडक, पर्यटन, सहरी विकास, आर्थिक, कृषि, प्राकृतिक श्रोत साधन, मानव संशाधन, लगायत विषयहरु समेटिनेछन् ।

प्रारम्भिक तथ्यहरु संकलनपछि विज्ञहरुको टिम बनाई योजना निर्माणको काम हुने प्रचार विभाग उपप्रमुख तिगेलाले बताए । योजना बनाइसकेपछि जिल्लाका सबै सरोकारवाला र राज्य ती निकायहरु हुँदै सरकारसमक्ष ती एजेण्डाहरुलाई प्राथमिकताका साथ कार्यान्वयत गर्न माग गरिने उनले बताए ।


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार